वडाअध्यक्षले सिफिरिस रोकेपछि पीडितले गुहारे अदालत | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

वडाअध्यक्षले सिफिरिस रोकेपछि पीडितले गुहारे अदालत

बागलुङ, १६ माघ । बागलुङका एक वडा अध्यक्षले आफ्नो निजी स्वार्थको लागी कानुनी प्राधान मिचेर जग्गा विक्रि गर्न सिफारिस रोकेको पाईएको छ । म्याग्दीको मंगला गाउँपालिका वडा नं. ६ अर्मन घर भई बानपा २ मा पूर्खौली जग्गा भएका ६० बर्षिय चित्रराज आचार्यले जग्गा वेच्न खोज्दा बागलुङ नगरपालिका वडा नम्वर २ का वडा अध्यक्षले सिफारिस रोकेका हुन ।

उनी नेकपाको तर्फबाट निर्वाचित भएका हुन्।पटक पटक वडा कार्यलय पुग्दा बागलुङ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष जीवन आचार्यलले जग्गा नामसारीको सिफारिस नदिएपछि आफु अन्यायमा परेको चित्रराजले बताएका छन् । बानपा २ मा वडा अध्यक्षको घरसंगै रहेको जग्गा बिक्री गरी नामसारीका लागि सिफारिस लिन जाँदा वडा अध्यक्षले पदको रुदुपयोग गरी दुख दिएको उनले बताए ।

२०७३ सालमा वडा अध्यक्ष आचार्यले घर वनाउना चित्रराज आचार्यको जग्गा मिचेपछि २०७३ असोज १० गते मालपोतमा गई जग्गा सट्टीपट्टी गरेपछी चित्रराज आचार्यले जग्गाको भोगचलन र कर तिर्दै आएको भएपनि अहिले वडा अध्यक्षले जग्गा विक्री गर्दा सिफारिस रोकेको गुनासो गरेका छन् ।आफ्नो नाममा रहेको जग्गा बिक्री गर्न वडा अध्यक्षले रोक लगाएको भन्दै पीडितले सञ्चारमाध्याम गुहारेका छन् ।

गत असोजमा जग्गा विक्रीगर्न बागलुङको गलकोटका याम कार्कीलाई जग्गा वैना लगाएका आचार्य मंसिर २१ गते वडा कार्यलयमा सिफारिस लिन जादा सिफारिस नदिई फर्काएका थिए ।आफ्नो घरको आडैमा रहेको जग्गा विक्री हुन लागेको थाहा पाएपछि वडा अध्यक्षले श्रीमती सृजना भण्डारीको नाममा नगरपालिकाको न्यायीक समितिमा मुद्धा दर्ता गरी सिफारिस रोक्ने वहाना वनाएको भएपनि न्यायिक समितिले मुद्धा खारेज गरेको थियो ।

पटक पटक वडा कार्यलय धाउदा समेत सिफारिस नपाएपछी वाध्य भएर उच्च अदालत पुग्न वाध्य भएको पिडित आचार्यले वताए ।अदालतमा मुद्धा परेपछि वडा अध्यक्ष आचार्यले अदालतमा सिफारिसका लागि आफुले कुनै रोकतोक नगरेको भन्ने प्रतिउत्तर लाएर पनि सिफारिस रोकेर अदालतकै मानहानी गरेको डिडित आचार्यले गुनासो गरेका छन् ।

५ वर्ष पहिले वडाध्यक्ष आचार्यले घर बनाउने क्रममा आफ्नो जग्गा मिचेकाले सोही जग्गाको साटो अर्को बरावरको जग्गा नामसारी दिएपनि अहिले आएर वडा अध्यक्षले पदको दुरुपयोग गरी सिफारिस रोकेका छन् । वडा अध्यक्ष जस्तो पदमा रहेर पदीय जिम्मेवार बहन गर्नुको साटो जनतालाई दुख दिने कामले कानुनको खिल्ली उडाएको अधिवक्ता चिरञ्जीवि शर्माले वताए ।

वडा अध्यक्ष आचार्यले ५ बर्ष पहिले आफैले नामसरी गरेर दिएको भएपनि अहिले आएर श्रीमतीलाई मुद्धा हाल्न लगाई वडा वाट सिफारिस रोकेको पाईएको छ । वडा अध्यक्षले सिफारिस रोकेको विषमा नगरपालिकाका मेयरलाई जानकारी गराउदा समेत वेवास्ता गरेकोले आफुहरु अन्यायका परी अदालत जान बाध्य भएको सेवाग्राही चित्रराज आचार्यले वताए् ।

यस विषयमा जानकारी लिदा वडा अध्यक्षले कुनै प्रतिक्रिया दिन अस्विारका गरे।वडा अध्यक्षले ३ हप्ता देखी वडा सदस्य सुरज वोसेललाई कार्यवहाक वडा अध्यक्षको जिम्मेवारी दिएर आफु वडा कार्यलय गएका थिएनन् ।

वडा अध्यक्षले कार्यवहाकको जिम्मेवारी दिन नगरपालिका वा जिल्ला वाहिरा गएको अवस्थामा मात्रै मिल्ने भएपनि उनि वडा भित्रै रहदा पनि वडा सदस्यलाई कार्यवहाकको जिम्मेवारी दिई कार्यवहाकलाई समेत सिफारिस नदिन दवाव दिएका थिए । वडा सदस्यलाई कार्यवहाक दिई वडा अध्यक्ष आचार्य नगरकार्यपालिका वैठक, नगरपरिषदमा भने सहभागी हुदै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);