लकडाउनको आज ४३ औं दिन | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

लकडाउनको आज ४३ औं दिन

ktm

काठमाडौं, २३ वैशाख । सरकारले कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न जारी गरेको लकडाउनको आज ४३ औं दिन पुगेको छ ।

गत चैत ११ गतेबाट जारी गरिएको लक डाउनमा अत्यावश्यक र पास भएका सवारी साधनमात्रै सञ्चालनमा रहेका छन् । लक डाउनका कारण कोरोना संक्रमण नियन्त्रणमा ठूलो सहयोग पुगेको भन्दै सरकारले वैशाख २५ गतेसम्मलाई लक डाउन थप गरेको छ । लक डाउनको ४३ औं दिनपनि काठमाडौं उपत्यकासहित देशैभरका शहर बजार सुनशान रहेका छन् । ४३ दिनसम्म आइपुग्दा लक डाउनको पूर्ण पालना भएको छ । यद्यपी उपत्यकाका केही स्थानमा भने यसको उलंघन पनि भएको छ ।

विभिन्न ठाउँमा प्रहरीले चेकजाँचमा कडाई गरेपनि तरकारी बजार र मुख्य बजार भन्दा भित्री क्षेत्रमा लक डाउनको पूर्ण पालना भएको छैन् । तरकारी र अन्य दैनिक उपभोग्य सामान किनमेल हुने ठाउँहरुमा सामाजिक दुरीको पनि बेवास्ता गर्ने गरिएको छ । अत्यावश्यक र पासबाहक सवारीहरुको भिड पनि पछिल्लो दिनमा बढेको छ । प्रहरीले अनावश्यक रुपमा गुड्ने र पास नलिएका सवारीलाई नियन्त्रणमा लिने गरेको छ ।

त्यसैगरी काठमाडौं उपत्यका बाहिर पनि लकडाउनको पूर्ण पालना गरिएको छ । बिभिन्न स्थानीय तहले खाद्य तथा तरकारी र फलफूल पसल खोल्नका लागि समय तालिका बनाएका छन । राजमार्ग पनि प्राय सुनसान रहेका छन । अत्याबश्यक बाहेक लामो दुरीका सवारी साधन चलेका छैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);