थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो

corona pustee

काठमाडौं, २३ वैशाख । नेपालमा थप सात जना कोरोना संक्रमित थपिएका छन् । नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्जमा फेला परेका हुन् ।

आज विहान स्वास्थ्य मन्त्रलायले सार्वजनिक गरेको तथ्यांक अनुसार थप सात जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हो । नेपालगञ्जमा मंगलबार ७ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ ।

भेरी अस्पतालमा परीक्षण गर्दा नेपालगञ्चजका ३ जना पुरुष, एक बालिका र ३ महिलामा कोरोना संक्रमण फेला परेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालगञ्ज ८ का २२, ३० र ४० वर्षका पुरुष र ९, ३२, ३४ र ५५ वर्षका महिलामा कोरोना देखिएको हो । नेपालगञ्जमा शुक्रबार १ जना र आइतबार १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । यो सहित नेपालगञ्जमा संक्रमितको संख्या २३ पुगेको छ । हालसम्म संक्रमण देखिएका ८२ जनामध्ये १६ जना निको भइसकेका छन् । नेपालगञ्जमा संक्रमितको संख्या थपिँदै गएपछि बाँकेमा सोमबार बसेको सर्वदलिय बैठकले तीन दिनसम्म घरबाट बाहिर निस्कन नपाइने निर्णय गरेको छ ।

वैशाख २३ गते बिहान ११ बजेदेखि लागु हुने गरि वैशाख २५ गते मध्यरातीसम्म यो निर्णय लागू हुनेछ । हाल देखिएका संक्रमितहरुको कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब परीक्षण प्रभावकारी रुपमा गर्नका लागि नेपालगञ्जमा तीन दिनसम्म घरबाट बाहिर निस्कन नपाइने निर्णय गरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);