नागार्जुनमा सडक विस्तार कार्य सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

नागार्जुनमा सडक विस्तार कार्य सुरु

काठमाडौं, २२ बैशाख । लकडाउनको समयमा काठमाडौंस्थित नागार्जुन नगरपालिकाले सितापाइला सडक खण्ड विस्तार कार्य धमाधम अघि बढाएको छ । आगामी २ वर्ष भित्र ७ सय मिटर सडक स्तरोन्नती गर्ने लक्ष्य नगरपालिकाले लिएको छ । संघीय, प्रदेश र स्थानीय सरकारको समन्वय र सहयोगमा सडक विस्तारको आयोजना अघि बढाएको नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतले जानकारी गराउनुभयो ।

उपत्यकाको भौतिक पूर्वाधारको जिम्मा पाएको काठमाडौ उपत्यका विकास प्राधिकरणले बाटो ११ मिटर चौडाइको सडक बनाउन भन्दै अलपत्र पारेर छोडेको थियो । यही अधुरो सडक आयोजनालाई नगरपालिकाले पूर्णता दिन थालेको हो । विकासको मुख्य पूर्वाधारमा सुधार ल्याउन सकेमा विकासका अन्य क्षेत्रहरुमा समेत सुधार हुने अपेक्षाका साथ नगरपालिकाले मर्मत र विस्तार कार्यलाई अघि बढाएको मेयर बस्नेतले बताउनु भयो ।

लकडाउनका कारण मुलुकको अर्थतन्त्र ठप्प छ । लाखौ बेरोजगारीको समस्या थपिदै गएको छ । पूँजीगत खर्च अत्यन्तै न्यून छ । आर्थिक बृद्धिदर ओरालो लाग्दै छ । पूर्वाधारको विकास विना आर्थिक सुधार असंभव छ । यस्तो अवस्थामा सडक मर्मतको कार्य अघि बढाएको रानीबारी टोल सुधार समितिका अध्यक्ष शिखर श्रेष्ठले बताउनुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);