नेपालमा थप ३३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

नेपालमा थप ३३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

corona update

काठमाडौं, २२ जेठ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या थप ३ सय ३४ जनामा पुष्टि भएको छ । बिहिबार थप ३ सय ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएसंगै संक्रमितको संख्या २६ सय ३४ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर बिकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा विभिन्न जिल्लाका गरी ३ सय ३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । डा देवकोटाका अनुसार ३१९ जना पुरुष र १५ जना महिलामा संक्रमण देखिएको हो ।

#कोरोना

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);