लाइसेन्स लिन इन्जिनियरिङ परिषद्बाट हुने परीक्षा पास गर्नुपर्ने कानुनी निमार्ण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लाइसेन्स लिन इन्जिनियरिङ परिषद्बाट हुने परीक्षा पास गर्नुपर्ने कानुनी निमार्ण

काठमाडौ, २२ जेठ । इन्जिनियरहरुले लाइसेन्स लिनका लागि नेपाल इन्जिनियरिङ परिषद्बाट हुने परीक्षा पास गर्नुपर्ने गरी कानून निर्माण हुने भएको छ ।

नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक, २०७६ मा इन्जिनियरिङ व्यवसायीको रुपमा लाइसेन्स लिन नेपाल इन्जिनियरिङ परिषद्ले लिने परीक्षा पास गर्नुपर्ने व्यवस्था गरिएको छ ।

बुधवार संसदको बिकास तथा प्रविधि समितिको बैठकमा नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष डिल्लीरमण निरौलाले परीक्षा नलिई लाइसेन्स वितरण गरिने व्यवस्थाले इन्जिनियरहरुको गुणस्तर ह्रास भएकोले विधेयकमा नै वर्षको दुई पटक परीक्षा लिई लाइसेन्स दिने व्यवस्था गरिएको बताउनुभयो ।

नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष त्रिरत्न बज्राचार्यले इन्जिनियरको गुणस्तर बढाउन परीक्षा लिएर लाइसेन्स दिने व्यवस्था राम्रो भएको बताउनुभयो ।

छलफलमा सांसदहरुले इन्जिनियरहरुको गुणस्तरमा ध्यान नदिदा कतिपय संरचनाहरु कमजोर बनेको बताएका थिए । समितिले विधेयकको दफावार छलफल सुरु हुनु भन्दा पहिला सम्बन्धित सरकोकारवालाहरुसँग छलफल गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);