रुख ढलेर गैडाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

रुख ढलेर गैडाको मृत्यु

चितवन, २२ जेठ । चितवन राष्ट्रिय निकुन्जको राष्ट्रपति ताल नजिक एक बयस्क गैंडा मृत अवस्थामा फेला परेको छ । चितवन निकुन्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार गत १९ गते आएको हावाहुरीका कारण रुख ढलेर गैडा मरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

१९ गते गैडाको मुत्यु भएपनि आज मात्र निकुञ्जको गस्ती टोली गैडा मृत भेटेको उहाँले बताउनु भयो । पछिल्लो समयमा निकुञ्जका विविध कारण गैडा मर्ने क्रम बढेको छ । निकुञ्जको यो बर्ष तथ्याकं मात्र हेर्न हो भने पनि हालसम्म २६ वटा

गैडा यो बर्ष मात्र मरेको देखिन्छ । जस मध्ये दुई वटा भने वन क्षेत्रमा गैडा मरेका थियो । निकुन्जबाट खटिएको टोलिले गैंडा मर्नुको कारण र अवस्था बारे अनुसन्धान थालेको छ । निकुञ्जमा सन् २०१५ को गणना अनुसार ६ सय ५ वटा गैडा रहेको छ

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);