चीनलाई उपहार दिन लागिएको गैंडा चितवनबाट काठमाडौं पठाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

चीनलाई उपहार दिन लागिएको गैंडा चितवनबाट काठमाडौं पठाइयो

चिवन, २६ असार । सरकारले मित्र राष्ट्र चीनलाई उपहार स्वरुप दिन लागिएको एक सिंगे गैंडालाई चितवनबाट काठमाडौं पठाइएको छ । मित्रराष्ट्र चीनलाई उपहारस्वरुप दिन लागिएको २ जोडी गैंडा मध्ये पहिलो चरणमा एक जोडी गैंडालाई चितवनबाट मंगलबार काठमाडौं पठाइएको हो ।

नेपाल सरकारले २०७३ साल असार २६ गते चीन सरकारलाई चितवन राष्ट्रिय निकुञ्जबाट २ जोडी एकसिङ्गे गैडा दिने निर्णय गरेको थियो ।

संरक्षण, प्राकृतिक प्रजनन् , अध्ययन, अनुसन्धान र संरक्षण शिक्षाको प्रवद्र्धन गर्न उपहार स्वरुप गैडाँ दिन लागिएको हो । चीन सरकारलाई उपहार स्वरुप पठाउन लागिएको गैडालाई काठको खोरमा राखेर ट्रकमार्फत् काठमाडौ लगिएको र बुधवार आराम गराएर बिहिबार जहाजमार्फत चीन पठाउने तयारी रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए ।

१ जोडी गैडाको साथमा नेपालबाट पशु चिकित्सक र गैडाको रेखदेखको गर्ने प्राविधिकसहित ५ जना पनि चीन जाने कार्यक्रम रहेको छ । चितवनको सौराहाबाट चीन पठाउन लागिएका गैडालाई बिदाई गर्न जिल्ला समन्वय समितीका सभापति, चितवनका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, रत्ननगर नगरपालिकाका जनप्रतिनिधी, पर्यटन व्यवसायी, संरक्षणकर्मीहरुको उपस्थिति रहेको थियो ।

नेपाल सरकारले यसअघि पनि २६ वटा एकसिङ्गे गैंडा उपहार स्वरुप भारत, अमेरिका, बेलायत, जापान, बंगलादेश, अष्ट्रिया, थाईल्याण्ड, बर्मा, पाकिस्तानलाई दिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);