नारायणगढ–मुग्लिन सडकखण्डका ११ घर पहिरोको उच्च जोखिममा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नारायणगढ–मुग्लिन सडकखण्डका ११ घर पहिरोको उच्च जोखिममा

चितवन, २६ असार । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डका ११ घर परिवार पहिरोको उच्च जोखिममा छन् । जोखिम क्षेत्रका ३४ घरपरिवार अन्यत्रै सरे पनि ११ घर परिवार अझै सरेका छैनन् ।

जोखिम क्षेत्रका ४५ घरमध्ये ३४ घरपरिवार मुआब्जा लिएर गएपनि इच्छाकामना गाउँपालिका–६ कालिखोलाका ११ घर परिवार अटेरि गरि बसिरहेका छन् ।

जोखिम क्षेत्रका घरको एक करोड ६४ लाखको मुआब्जा निस्किएकोमा झण्डै ८० प्रतिशतले मुआब्जा पाएका छन् । एउटा घरले १५ लाखसम्म मुआब्जा पाएको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिवप्रसाद खनालले जानकारी दिए । उनले बाँकी ११ घरपरिवारलाई पनि छिट्टै मुआब्जा दिएर सुरक्षित स्थानमा सार्ने तयारी भएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);