नारायणगढ मुग्लिन सडक सुधारको क्रममा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

नारायणगढ मुग्लिन सडक सुधारको क्रममा

sadak

चितवन, १५ साउन । नारायणगढ मुग्लिन सडक सुधारको क्रममा रहेको छ । पहिरोको जोखिममा परेका बस्तीहरुलाई सुरक्षित स्थानमा सारिएकोे छ । सडक किनारका ४५ वटा घरहरुलाई मुआब्जा दिएर सुरक्षित ठाउँमा सारिएको नारायणगढ मुग्लिन सडक सुधार आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।

घर भत्काउन भन्दा अगाडि घरको मूल्यांकनका आधारमा पहिलो किस्ता बापत एक तिहाई रकम दिइएको र दोस्रो किस्ता भत्काइसकेपछि दिइने इन्जिनियर खनालले बताए ।

पहिरोको जोखिममा रहेका ४५ घरलाई १ करोड ६४ लाख मुआब्जा बाँड्ने खनालको भनाइ छ । पहिलो किस्ता बापत ४० लाख प्रभावितहरुलाई दिइएको आयोजनाको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);