अवकाश रोजेका ४ सय ६७ कर्मचारीबाट निवेदन फिर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

अवकाश रोजेका ४ सय ६७ कर्मचारीबाट निवेदन फिर्ता

karmachari

काठमाडौं, १६ साउन । स्वैच्छिक अवकाश रोजेका ४ सय ६७ कर्मचारीले स्वैच्छिक अवकाशमा नजाने भन्दै निवेदन दर्ता गराएका छन् ।

निवेदन फिर्ता गर्नेमा सचिव डा. सरोज पोखरेल र सन्तु कोइरालासहित ६ सहसचिव, २२ उपसचिव, २५ शाखा अधिकृतले अवकाशका लागि दिएको निवेदन फिर्ता गरेका छन् ।

सरकारले स्वैच्छिक अवकाश रोजेका कर्मचारीलाई निवेदन फिर्ता गर्न आग्रह गरेपछि अहिलेसम्म ४ सय ६७ जना कर्मचारीले निवेदन दर्ता गराएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेज अधिकारीले जानकारी दिए । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);