सबै जिवजन्तु संरक्षित सूचीमा, चोरी शिकारी गरेमा यस्तो सजाय | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सबै जिवजन्तु संरक्षित सूचीमा, चोरी शिकारी गरेमा यस्तो सजाय

banyajantu

काठमाडौं, १६ साउन । सबै प्रकृतिका वन्यजन्तु अब संरक्षित सूचीमा सूचिकृत हुने भएका छन् । वन्यजन्तु सम्बन्धी नयाँ ऐनले मुलुकमा अभिलेख भएका सबै जिवजन्तुलाई संरक्षित सूचीमा सामेल गर्न लागेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ खारेज गरेर नयाँ बन्ने ऐन मार्फत सबै जिवजन्तु संरक्षित सूचीमा सूचीकृत हुने भएका हुन् । विद्यमान ऐनमा विभिन्न २७ प्रजातीका स्तनधारी वन्यजन्तु, ९ प्रजातीका चरा र ३ प्रजातीका सरिसृप संरक्षित सूचीको अनुसूची १मा सूचिकृत छन् ।

नेपालमा अहिलेसम्म विभिन्न २ सय १२ प्रजातीका स्तनधारी वन्यजन्तु, ८ सय ८७ प्रजातीका चरा, १ सय ४० सरिसृप विभिन्न ५५ प्रजातीको उभयचर अभिलेख भएका छन् । प्रस्तावित नयाँ ऐनमा वन्यजन्तुको वर्ग अनुसार ४ अनुसूचिमा विभाजन गरिएको छ । प्रस्तावित ऐनको अनुसूची १मा विभिन्न १५ स्तनधारी जन्तु, ४० प्रजाती पन्छी र ४ प्रजाती सरिसृप छन् ।

विद्यमान ऐनमा हात्ति, गैडा, बाघ, हिउँचितुवा, कस्तुरी मृग लगायतका जन्तुको चोरी शिकारी गरेमा ५ देखि १५ वर्षसम्मको कैद वा ५ देखि १० लाख रुपियाँ जरिवाना र दुवै सजाय गर्न सक्ने व्यवस्था छ । प्रस्तावित नयाँ ऐनको अनुसूची २मा विभिन्न २५ स्तनधारी, ८१ चरा, ९ सरीसृप र माछाका ३ प्रजाती छन् । त्यसैगरी अनुसूची ३मा ३५ स्तनधारी, ४० चरा, सरिसृप १९, उभयचर ३, माछा ६ र किटपतंङ्गका १४ प्रजाती छन् । अनुसूची ४ मा बाँकी सबै प्रजाती सामेल गर्न सुझाइएको छ । समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);