वन्यजन्तुको संख्या दुई तिहाईले घट्याे : डब्लुडब्लुएफ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

वन्यजन्तुको संख्या दुई तिहाईले घट्याे : डब्लुडब्लुएफ

एजेन्सी, २५ भदौ । पछिल्लो ५० बर्षको अवधिमा वन्यजन्तुको संख्यामा व्यापक गिरावट आएको एक अध्ययनले देखाएको छ । विश्व वन्यजन्तु कोष डब्लुडब्लुएफले तयार पारेको अध्ययन प्रतिवेदन अनुसार १९७० यता विश्वमा वन्यजन्तुको संख्या दुई तिहाईले घटेको छ ।

डब्ल्यूडब्ल्यूएफले प्रतिवेदनमा प्रकृतिको दोहन विगतमा कहिल्यै नभएको दरमा भएको जनाएको हो । विश्वभरका विभिन्न जंगलमा रहेका वन्यजन्तु, समुद्रमा रहेका जलप्राणी र घाँसेमैदानहरूमा रहने हजारौं जीवको अध्ययन गरेको प्रतिवेदनमा उल्लेख छ । विगत ५० वर्षमा चरा, माछा, स्तनधारी, उभयचर र घस्रिने जनावरको विश्वव्यापी सङ्ख्या दुई तिहाइभन्दा बढी घटेको छ ।

स्तनधारी, चरा, सरिसृप, माछा र उभयचर समुहका २० हजार बढी प्रजातिमा सन् १९७० यता ६८ प्रतिशतले गिरावट आएको अध्ययनले देखाएको छ । मानवीय क्रियाकलापका कारण प्रकृतिलाई विगतमा भन्दा ठूलो क्षति भइरहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

डढेलो, वन क्षेत्र माँसिदै जानु तथा समुद्रमा दोहन लगायत कारणले वन्यजन्तुलाई गम्भिर असर परिरहेको डब्लुडब्लुएफ जनाएको छ । वन्यजन्तुको प्रजातिमा विश्वभरका बैज्ञानिकले गरेको अध्ययनलाई प्रतिवेदनमा समावेश गरिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);