पर्सा बन्यजन्तु आरक्षणमा पर्यटकको संख्या बृद्धि | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पर्सा बन्यजन्तु आरक्षणमा पर्यटकको संख्या बृद्धि

श्याम गुप्ता

पर्सा, १८ कात्तिक । पर्सा बन्य जन्तु आरक्ष निकुञ्जमा बिस्तार भएपछि आन्तरीक तथा बाह्य पर्यटकहरुको संख्यामा वृद्धि भएको छ । निकुञ्जमा जीवजन्तुको दृश्यावलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गरेका छन् ।

प्रदेश नम्बर–२ को एक मात्र पर्सा बन्यजन्तु निकुञ्जमा पर्यटकको संख्या वढेको छ । निकुञ्जका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष आन्तरीक र बाह्य पर्यटकको संख्या १ सय ५० प्रतिशतले बुद्धि भएको छ ।

निकुञ्जले अहिले हात्ती सफारी समेत शुरु गरेको छ । यति बेला हात्ती चढ्नेहरुको यहाँ ठुलो भीड लाग्ने गरेको छ । बिषेशगरी शनिवार आन्तरीक पर्यटकहरुको थामी नसक्नु भीड हुने गरेको निकुञ्जको भनाई छ ।

दश वटा हात्ती राखेर पर्यटकलाई सेवा बिस्तार गरेको निकुञ्जले आवश्यक परे अन्य हात्ती समेत थप गर्ने जनाएको छ । पर्सा निकुञ्जमा जंगल सफारी, हलखोरीया दह, कामिनी दह, कर्मकुमारी धारा, लगायतका क्षेत्रमा धेरै पर्यटकको आगमन हुने गरेको छ ।

निकुञ्जमा पर्यटकको संख्या वढेसंगै यहाँ अहिले दर्जनाैं होटल र रिर्सोटहरु खुल्ने क्रममा छन् । त्यसैगरी, पर्सा निकुञ्ज आँफैमा व्यवस्थित बन्दै गए पछि यहाँ रमणिय बन्य जन्तु, धार्मिक क्षेत्र, पोखरी र पर्यावरण समेत सुन्दर हुँदै जाँदा पर्यटकका लागि थप आकर्षक बन्दै गएको स्थानीय पर्यटकहरु बताउँछन् ।

चितवनमा विगतमा ८ बटा बाघ रहेकोमा अहिले १८ वटा बाघको संख्या पुगेको छ । पर्सा निकुञ्जमा चार सय ९० प्रजातीका चरा ३७ प्रजातीका स्तनधारी, १३ प्रजातीका घस्रने ३१ प्रजातीका पुतली, ८ प्रजातीका माछा, ३ सय ३६ प्रजातीका बनस्पती रहेका छन् । त्यसैगरी, दुर्लभ बन्य जन्तुमा बाघ १८, हात्ती ६५, गौरी गाई १ सय ५ रहेको निकुञ्जले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);