नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

दीलिप शर्मा,

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको पाँचकिलोमा पहिरो जाँदा शुक्रबार पनि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाँउपालिकाको पाँचकिलो भन्ने स्थानमा माथिबाट पहिरो खस्दा सडक अवरुद्द बनेको हो।

बिहान करिब आठ बजेको समयमा पहिरो खसेको भएपनि निरन्तर झरी परिरहेकोले बाटो खुलाउने काम रोकिएको प्रहरीले जनाएको छ । सडक दुइ तर्फी नै अवरुद्द रहेकोले सूचारु नभएसम्म आफ्ना सवारीसाधनलाई सुरक्षित स्थानमा पार्किङ गर्न प्रहरीले अनुरोध गरेको छ ।

३६ किमी लामो यस सडक खण्डमा वर्षा लागेसँगै हरेक दिन साना ठूला पहिरो गइरहेको छ। जसका कारण हजारौं सवारी साधन र दसौं हजार यात्रु बीच बाटो मै अलपत्र पर्ने गरेका छन्।

यस सडक खण्डको विभिन्न स्थानमा पहिरो रोकथामको लागि रक नेटिङ्ग गरिएको छ। रक नेटिङ्ग गरिएको स्थानहरुमा पहिरो रोकथाम भएपनि अन्य स्थानमा समस्या यथावत रहेको छ ।

पहिरो जान सक्ने सम्भावित स्थानहरु पहिचान गरी रोकथामका प्रयास गरिएको भएपनि नयाँ ठाउँहरुबाट समेत पहिरो जाँदा समस्या बढेको सडक डिभिजन कार्यालय, भरतपुरको दाबी छ ।

साँघुरो सडकको कारणले दुर्घटना बढेको भन्दै पहाड कटान गरी सडक विस्तार गरिएको थियो । सडक विस्तार पश्चात दुर्घटना घटेको भएपनि ती ठाउँहरुबाटै पहिरो खस्न थालेको सडक डिभिजन कार्यालय, भरतपुरका सूचना अधिकृत, इन्जिनियर शिव खनाल बताउँछन् ।

स्थानीय निकायहरुले यस सडक खण्डभन्दा माथिबाट अन्धाधुन्ध बाटो निर्माण गर्दा पनि पहिरोको समस्या बढेको उनको दाबी छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);