शितगंगाका विद्यालयमा आइतबारदेखि पढाइ हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

शितगंगाका विद्यालयमा आइतबारदेखि पढाइ हुने

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाका विद्यालयमा २० भदौ अर्थात् आइतबारबाट पढाइ हुने भएको छ ।

कोरोना महामारीका कारण लामो समयदेखि बन्द विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन हुने भएको हो ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी एक बेन्चमा दुईजना राखेर पठनपाठन सुरु गर्ने निर्णय भएकोे शितगंगा नगरपालिकाका, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नागेन्द्र नेपालले बताए । जिल्लाका अन्य विद्यालयमा पनि पढाइ थाल्ने तयारी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);