दाङमा करेन्ट लागेर एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

current

बिकास डाँगी,
दाङ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान पौने ७ बजेतिर तुलसीपुर उपमहानगरपालिका १० पड्डा निवासी ५२ वर्षीय सुरेश डाँगीको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

डाँगीलाई आफ्नै घरको कोठामा बत्ती बाल्ने क्रममा बायाँ हातमा करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । साथै मृतक डाँगीको शवलाई सोही अस्पतालमा राखिएको प्रहरीले बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);