पढाइ रोकेर विद्यालयमा महोत्सव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पढाइ रोकेर विद्यालयमा महोत्सव

सुर्खेत । भेरी नगरपालिका–३ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा पठनपाठन बन्दा गरेर महोत्सव लगाएको छ ।  जाजरकोट उद्योग वाणिज्य संघले सोमबारदेखि १७ पुससम्म मेला आयोजना गरेको हो ।

तत्कालीन राजा वीरेन्द्रको जन्मोत्सवका अवसरका ०३५ सालदेखि आयोजना गरिने उत्सव केही वर्षयता महोत्सवका रूपमा परिणत हुँदै आएको छ । विद्यालय हाताभित्र शैक्षिकबाहेक अन्य कुनै पनि प्रकारका सार्वजनिक गतिविधि गर्न नपाइने भए पनि यस विपरित पढाइ रोकेर मेला आयोजना गरिएको छ ।

विद्यालयमा बर्सेनी यसरी नै मेला आयोजना हुने गरेको छ । आफ्नो कार्यक्षेत्रभित्र आयोजना हुने यस प्रकारका मेला–महोत्सव गर्नसम्बन्धित स्थानीय सरकारबाट लिखित अनुमति लिनुपर्ने व्यवस्था छ । तर, यहाँ त विद्यालयलाई नै नसोधेर कार्यक्रम भइरहेको पाइएको छ ।

‘कृषि, पर्यटन, कला, वातावरण तथा औद्योगिक व्यापार मेला–०७९’ नाम दिइएको यो महोत्सव आयोजना गर्न भेरी नगरपालिकाले अनुमति नदिएको नगर कार्यपालिकाका शाखा अधिकृत दलबहादुर घर्तीले बताए । विद्यालयमा यसरी महोत्सव लगाउन नदिने भनेर नगरपालिकाले एक वर्षअघि नै निर्णय गरेको दाबी गर्दै अधिकृत घर्तीले अनुमतिबिना कार्यक्रम हुन लागेको बताए ।

विद्यालयले अघिपछि हुने पर्व बिदा कटाएर पठनपाठनको क्षतिपूर्ति गर्ने प्रबन्ध मिलाएको बताउँदै प्रधानाध्यापक भक्तबहादुर मल्लले  बताए । तर मेला, महोत्सवका विषयमा आफ्नो गम्भीर असहमति रहेको बताए । महोत्सवका बेला हुने कुनै पनि भौतिक क्षति आयोजकले व्यहोर्ने भनेर विद्यालयसँग ६ बुँदे सहमति भएको विद्यालय प्रशासनले जनाएको छ ।

आयोजक संस्था उद्योग वाणिज्य संघका अध्यक्ष रमेश केसीले सदरमुकाम क्षेत्रमा मेला–महोत्सव गर्नका लागि ठाउँ नै नभएकाले विद्यालयमा आयोजना गर्नु आफूहरूको बाध्यता भएको बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);