नयाँ वर्षको अवसरमा प्रथम नागार्जुन रानीपाटी महोत्सव हुने  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

नयाँ वर्षको अवसरमा प्रथम नागार्जुन रानीपाटी महोत्सव हुने 

काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा रानीपाटी टोल सुधार उपभोक्ता समिति काठमाडौको आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव गु्रपको व्यवस्थापनमा प्रथम नागार्जुन रानीपाटी महोत्सव-२०७८/७९ आयोजना हुने भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी मेला गर्न लागेको महोत्सवका संयोजक शेखर श्रेष्ठले बताए । 

महोत्सवमा एक सयभन्दा बढी स्टल राखिने भएको जनाइएको छ । स्टलको साइजअनुसार न्यून शुल्क लिएर स्थानीय व्यापारीहरूलाई समेत स्टल उपलब्ध गराइने जनाइएको छ ।

महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरू, विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, कृषि औजारका सामग्रीको प्रदर्शनी, सांस्कृतिक, व्यापार तथा पर्यटकीय सामग्रीको प्रदर्शनी गरिने बताइएको छ ।

महोत्सवमा बिक्री हुने सामानहरुमा १० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था हुने छ । मनोरञ्जनको लागि महोत्सवमा बाल उद्यान, रोटे पिङ, ड्रागन, ब्रेक डान्स, नाउँ, सर्कस, बालबालिकाहरुको खेलौना, राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरुको हांस्यव्यंग्य तथा गीतगायनको प्रस्तुति रहने जनाइएको छ ।

नयाँ २०७९ को पूर्वसन्ध्या अर्थात् २८ चैतबाट सुरु हुने मेला १५ वैशाखमा सम्पन्न हुने छ । महोत्सवमा ललितपुर, भक्तपुर, काठमाडौँ, नुवाकोट आसपास जिल्लाका बासिन्दाले समेत लाभ लिन सक्ने विश्वास गरिएको छ ।

महोत्सवलाई व्यवस्थित बनाउन विद्यार्थीलाई ५० र अन्यका लागि ७० रुपैयाँ प्रवेश शुल्कको व्यवस्था गरिएको छ । वृद्धवृद्धाहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । 

सम्मेलनमा नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले महोत्सवले नागार्जुन नगरपालिकाको चिनारी बढ्नुका साथै स्थानीयहरुको उत्पादनमा थप बजार पाउने विश्वास व्यक्त गरे ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);