चीनलाई एक जोडी दुर्लभ गैँडा हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

चीनलाई एक जोडी दुर्लभ गैँडा हस्तान्तरण

काठमाडौं, २८ असार । सरकारले चीनलाई एक जोडी दुर्लभ एक सिंगे गैँडा हस्तान्तरण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार एक कार्यक्रमकाबीच नेपालका लागि चिनियाँ राजदूत यू होङलाई एक जोडी गैंडा ‘भद्र’ र ‘रुपसी’ हस्तान्तरण गरेका हुन् ।

ओली नेतृत्वकै अघिल्लो सरकारले दुई वर्ष अघि दुर्लभ एक सिंगे दुई जोडी गैंडा चीन सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार प्रधानमन्त्री ओलीले चिनियाँ राजदुत यू मार्फत् चीन सरकारलाई एक सिंगे गैंडा हस्तान्तरण गरेका हुन् ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले गैंडा हस्तान्तरण कार्यक्रमले पनि दुई देशबीचको मित्रतापूर्ण सम्बन्धमा अझै सुधार आउने विश्वास व्यक्त गरे । गैंडाको रेखदेखबारे जानकारी दिन सरकारले चिनियाँ अधिकारीहरुलाई चितवन राष्ट्रिय निकुञ्जमै लगेर प्रशिक्षण दिएको थियो । नेपालले हालसम्म भारत, अमेरिका, जापान, थाईल्याण्ड, अष्ट्रियालगायतका मुलुकलाई २६ वटा गैंडा उपहार दिईसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);