चीनसँगको पारवाहन र यातायात सम्बन्धि प्रोटोकल जुलाई भित्रै तयार हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

चीनसँगको पारवाहन र यातायात सम्बन्धि प्रोटोकल जुलाई भित्रै तयार हुने

nepal china

काठमाडौं, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँगको पारवाहन र यातायात सम्बन्धि प्रोटोकल यही जुलाई भित्र तयार हुने स्पष्ट पारेका छन् ।

बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले चीनसँगको पारवाहन र यातायात सम्बन्धि प्रोटोकललाई अन्तिम रुप दिन दुई मुलुकबीच पहिलो चरणको बैठक हालै सम्पन्न भएको जानकारी गराए । आफ्नो चीन भ्रमणको क्रममा भएको समझदारी अनुसार कामलाई अघि बढाएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सरकारले चीनसँग चौतर्फी रुपमा सम्बन्धलाई सुदृढ बनाउन चाहेको स्पष्ट पारे । जल, वनस्पति, जीवजन्तुको आदानप्रदानले पनि दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);