थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ सय नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ सय नाघ्यो

corona update

पोखरा, २२ जेठ । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार थप १६ जनामा कोरोना संक्रमणको पुष्टि भएसंगै संक्रमितको संख्या २३ सय १६ जना पुगेको छ ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा थप १६ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको हो ।

थपिएका संक्रमितहरुमा बागलुङको निसीखोला गाउँपालिकाका ३ जना, बडीगाड गाउँपालिकाका ४ जना र गल्कोट गाउँपालिकाका ३ जना रहेका छन् ।

त्यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका एक जना, म्याग्दीको मंगला गाउँपालिकाका एक जना तथा पर्वतको बिहादी गाउँपालिकाका २ जना र फलेबास नगरपालिकाका २ जना रहेका छन् ।

#पोखरा #कोरोना_संक्रमण #कोरोना_भाइरस

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);