स्थानीयबीच झडप हुँदा २० जना बढीभन्दा घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

स्थानीयबीच झडप हुँदा २० जना बढीभन्दा घाइते

jhadap saptari

सप्तरी, २१ जेठ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा स्थानीयबीच झडप हुँदा २० जना बढीभन्दा घाइते भएका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ हाटीमा बुधबार स्थानीयहरु बिच जग्गा विवादमा झडप हुँदा २० जना भन्दा बढी घाइते भएका हुन् ।

स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले चार–चार राउण्ड अश्रुँ ग्यास प्रयोग गरेको छ । घाइतेहरुको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भईरहेको छ । आक्रोशित समूहले प्रहरीको भ्यानमाथि समेत ढुंगामुढा गरेका थिए ।

दुवै पक्ष बिच अझै झडपको सम्भावना रहेकोले त्यहाँ सुरक्षाकर्मी परिचालन गरिएकोे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

आक्रोशित समूहले घाइतेहरुलाई ओसार्नकालागि घटनास्थल पुगेको एम्बुलेन्समा समेत तोडफोड गरी क्षति पु¥याएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);