लकडाउनको कारण विश्व सम्पदाको पुनर्निमाण रोकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

लकडाउनको कारण विश्व सम्पदाको पुनर्निमाण रोकियो

sampada punarnirman

काठमाडौं, ८ वैशाख । लकडाउनका कारण काठमाडौं उपत्यकामा रहेका विश्व सम्पदा सूचिमा सूचिकृत सम्पदाहरुको पुननिर्माण रोकिएको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि गत चैत ११ गतेबाट जारी गरिएको लकडाउनका कारण सम्पदाहरुको पूनर्निणको काम रोकिएको हो ।

भूकम्पले क्षतिग्रस्त सम्पदाहरुको पूर्ननिर्माणमा खटिएका कामदारहरुले लकडाउनका कारण काम गर्न पाएका छैनन् । सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माण कार्य मजदुरको सुरक्षाको प्रत्याभुति गरी काम सुरु गर्ने बताएपनि विश्व सम्पदा सूचिमा सूचिकृति सम्पदाहरुको पूर्निनिर्माणको काम ठप्प हुँदा समेत सरकारको ध्यान गएको छैन् ।

वर्षायाम सुरु हुन अघि सक्नुपर्ने काम पनि लकडाउनका कारण प्रभावित भएको छ । लकडाउन सकिएपछि वर्षायाम सुरु हुने र काम प्रभावित हुने भएकाले पूर्ननिर्माणको काम अझै पर धकेलिने संकेत देखिएको छ । सोमबार काठमाडौंको बसन्तपुर स्थित हनुमानढोका क्षेत्र, ललितपुरको पाटन दरबार क्षेत्र लागयतका ठाउँमा पुग्दा कुनैपनि सम्पदाको पुन निर्माणका कामहरु भएको पाइएन् ।

सम्पदा क्षेत्र भित्र रहेका मन्दिरहरुमा हुने नियमित पुजाआजाका कामहरु समेत सञ्चालनमा आउन सकेका छैनन् । पाटन दरबार क्षेत्र भित्र रहेको कृष्ण मन्दिर, बंगलामुखि, भिमसेनको मन्दिर, कुम्भेश्वर लगायतका मन्दिरहरु बन्द रहेका छन् ।

यस्ता कतिपय मन्दिरहरुको पुननिर्माणको काम समेत प्रभावित भएको छ । लकडाउनका कारण पर्यटकिय क्षेत्र समेत रहेको सो क्षेत्रका स्थानीयहरुको व्यवसाय समेत ठप्प भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);