वामदेव गौतमको मनोनयन विरुद्धको रिटमाथि सुनुवाई हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

वामदेव गौतमको मनोनयन विरुद्धको रिटमाथि सुनुवाई हुँदै

bamdev gautam

काठमाडौं, २६ कार्तिक । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेको निर्णयप्रति परेका रिट निवेदनमाथिको सुनुवाई बुधबार संवैधानिक इजलासमा हुँदैछ ।

चाडपर्व तथा कोरोना भाइरासको संक्रमणका कारण प्रभावित हुँदै आएको ती मुद्दाको सुनुवाई बुधबार हुन लागेको हो । सर्वोच्च अदालतले बुधबारका लागि मुद्दाको पेशी तोकेको छ ।

सो मुद्धाको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको संवैधानिक इजलासमा हुँदैछ । इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

यसअघि न्यायाधीश आन्दनमोहन भट्टराइको इजलासले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश दिएपछि संवैधानिक इजलासमा सुनुवाई हुँदाहुँदै रोकिएको रिटको सुनुवाई बुधबारका लागि तोकिएको हो । सर्वोच्चले बुधबार नै फैसला सुनाउने सम्भावना रहेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको अशोज १४ गतेदेखि संवैधानिक इजलास सुनुवाई सुरु भएको थियो। त्यसपछि कात्तिक १६ गते गौतम पक्षका केही वकिलले बसह गरेपछि ‘हेर्दाहेर्दै’ राखिएको रिटमाथि सुनुवाई हुन सकेको थिएन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);