विकास निर्माण निरीक्षण गर्न प्रधानमन्त्री ओली किमाथांकामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विकास निर्माण निरीक्षण गर्न प्रधानमन्त्री ओली किमाथांकामा

pm kpoli

फाइल फोटो

काठमाडौं, २६ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली चीनसँगको सीमावर्ती क्षेत्र संखुवासभाको किमाथांका पुग्नुभएको छ । कोशी करिडोरलगायतका विकास आयोजना निरीक्षण गर्न प्रधानमन्त्री ओली बुधबार किमाथांका पुग्नुभएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललगायतलाई लिएर चीनसँगको सीमा जोडिएको क्षेत्रमा प्रधानमन्त्री ओली पुग्नुभएको छ ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओली उपत्यकाभित्रका कार्यक्रमहरुमा सहभागी हुँदै आए पनि राजधानी बाहिर निस्किनुभएको यो पहिलो पटक हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);