नेकपाका अध्यक्षद्वय बीचको छलफल सकियो, शनिबार सचिवालय बैठक बोलाउने सहमति | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेकपाका अध्यक्षद्वय बीचको छलफल सकियो, शनिबार सचिवालय बैठक बोलाउने सहमति

oli-dahal

काठमाडौं, १६ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक शनिबार बस्ने भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको भेटवार्तामा सचिवालय बैठक बोलाउने सहमति भएको हो ।

दुई अध्यक्षबीच शनिबार दिउँसो ४ बजे सचिवालय बैठक बोलाउने सहमति भएको बताइएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव र राजदूत नियुक्त गरेपछि नेकपाभित्र असन्तुष्टि बढेसँगै दाहाल शुक्रबार बिहानै प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटार पुग्नुभ्एको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);