भारतमा लाखाैं नेपाली कामदारको विचल्ली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतमा लाखाैं नेपाली कामदारको विचल्ली

काठमाडौं । कोरोना भाईरसको महामारीले ग्रस्त भारतमा दशौं लाख नेपाली कामदार अलपत्र परेका छन् । नेपाली कामदारहरु ठूलो संख्यामा रहेका दिल्ली र मुम्बई महामारीले सिकिस्त बन्दा त्यहाँ रहेका नेपालीको विचल्ली भएको छ ।

भारतमा मानिसहरु ठूला सहरहरु छाडेर घरतर्फ फर्कंदा पूरै देश अस्तव्यस्त हुन थालेको छ । कोरोना महामारीले भयावह रुप लिएपछि भारतका एकपछि अर्काे सहर थला पर्दैछन् । ती सहरहरुमा काम बन्द हुनु, लकडाउन र कफर््यू लाग्नु तथा महामारीको चपेटामा परिने डरले सहर छाड्नेहरु बढेका हुन् ।

महामारी काबुभन्दा बाहिर गएपछि भारतमा रहेका नेपालीहरुको पनि विचल्ली हुन थालेको हो । घर फर्कनका लागि नेपालीहरु ठूलो संख्यामा सहरहरुका रेल स्टेशनमा थुप्रिएका छन् ।

नयाँ दिल्ली, मुम्बई, लखनउ, अहमदावाद, सुरत लगायतका सहरमा नेपाली कामदार ठूलो संख्यामा रहेका छन् । अनौपचारिक तथ्याङक अनुसार भारतमा करिव ४० लाख नेपाली विभिन्न काम गरेर बसिरहेका छन् । मुख्यतया नेपाली कामदार दिल्ली र मुम्वई छन् । ती दुवै सहर कोरोना महामारीबाट थला परिसकेको छ ।

विचल्लीमा परेपछि नेपालीहरु दिल्ली स्थित नेपालको राजदूतावासमा पनि थुप्रिएका छन् ।

दिल्लीको गुरुग्राम बस्दै आएका बैतडीका राजेन्द्र प्रसाद भट्टराईले भने– ‘भारतमा नेपाली कामदारको अवस्था दयनीय भइरहेको छ ।’

त्यसतै गरी मुम्बईमा रहेका कञ्चनपुरका रविन्द्र विष्टका अनुसार घर फर्कनेहरुका कारण रेल स्टेशनमा खुट्टा हाल्ने ठाँउ छैन । आफूले नेपाल फर्कन प्रयास गरे पनि सम्भव नभएको बताउँदै रविन्द्रले भने –‘अहिले लकडाउनमा जसोतसो बाँचिरहेको छु, चाँडै लकडाउन नखुले बिचल्ली नै हुन्छ ।’

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);