आलम बिरुद्ध जन्म कैदको माग गर्दै जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

आलम बिरुद्ध जन्म कैदको माग गर्दै जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता

alam

काठमाडौं, १८ कात्तिक । हत्या आरोप लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमलाई जन्मकैद माग गर्दै सरकारी वकिल कार्यालय रौतहटले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

१२ वर्षअघि रौतहटमा इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको भन्ने अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले सोमवार मुद्दा चलाउने निर्णय गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालयले आलमसहितका व्यक्तिले त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहित दर्जन भन्दा बढी व्यक्तिलाई इट्टाभट्टाको चिम्नीमा जिउँदै जलाई क्रुर मानवताविरुद्धको कसूर अपराध गरेको भन्दै मुद्दा दर्ता गरेको हो।

सरकारी वकिल कार्याललयले आलमसहितका व्यक्तिले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र गैरकानुनी रुपमा विस्फोटक पदार्थ राख्ने अपराध गरेको दावीसहित यी तीनवटै कसूरमा सजाय माग दावी गरेको छ ।

ताजा समाचार