संसदलाई जीवन्त र जनमुखी बनाउन प्रयास गर्दैछु : सभामुख सापकोटा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

संसदलाई जीवन्त र जनमुखी बनाउन प्रयास गर्दैछु : सभामुख सापकोटा

काठमाडौं, १४ चैत । सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको बताएका छन् ।

शनिबार संसदीय मामिला पत्रकार समाजको सातौं अधिवेसनलाई सम्बोधन गर्दै सभामुख सापकोटाले पछिल्ला घटनाक्रमले संसदलाई जीवन्त बनाउन चुनौति थपेको बताएका हुन् । तर पनि ठूलाठूला बहसपछि संसदले गति लिन थालेको बताउँदै अव जनताको अपेक्षा अनुसार काम गर्ने विश्वास दिलाए ।

गत पुस ५ गते देखि फागुन ११ गते सम्मका गतिविधि र बहसले राष्ट्रियतालाई थप बलियो बनाएको पनि बताए । निकै उतारचढाव र महान बहसपछि अहिलेको अवस्थासम्म आइपुगेको र यो बीचमा समुन्द्र मन्थन भई संसदले पुनः गति लिएको बताए । तर अझैपनि बहस नसकिएको सभामुख सापकोटाले बताए ।

सभामुखले भने ‘अहिले हामी एउटा महान बहसको प्रक्रियाबाट गुज्रिएर यहाँसम्म आईपुगेका छौं । पहिला पहिला भनिने गथ्र्यो समुद्र मन्थन, त्यस्तै गरी हामीले एउटा समुद्र मन्थन जस्तै गरी धेरै ठूलो बहस ग¥यौं । त्यो बसहको बिचबाट फेरी नेपालीहरुले पहलकदमी लिए र सफलता पनि हासिल गर्दैछन् । तर सफलता र फेरी त्यसपछि यी समस्याहरु अगाडि जाँदै गर्छन तपाई अन्तिम संस्लेसनमा विचार गर्नुहुन्छ भने पुग्नुहुन्छ भने फेरी यसले गति नै लिएको छ । यसले सही निष्कर्ष तिर नै पु¥याउँछ । हाम्रो बहस जारी छ ।’

संसदमा जनअपेक्षा अनुसार काम नभएको स्वीकार पनि सभामुख सापकोटाले गरे । उनले भने ‘अहिले अलिकति अपेक्षाकृत ढङ्गले संसदले सिङ्गो राष्ट्रको, जनताको अपेक्षा पुरा गर्ने काममा प्रभावकारी भूमिका खेल्न सकेको छैनकी भन्ने खालको अथवा अलिकति सभामुखले पहलकदमी बढाउनुपर्छ भन्ने सुझाव भित्र, बाहिर, यहाँ सबैतिरबाट तपाईहरुले उठाउनुभएको छ त्यसलाई म उच्च सम्मान गर्छु ।’

राष्ट्रियताको सवालमा संसदले अद्भुत एकता प्रदर्शित गरेको र ठूला ठूला सामस्याहरुको समाधान गरेको पनि बताए ।

संसद बहसको थलो भएकाले त्यहाँ व्यक्त हुने विचारप्रति सद्भाव रहने पनि सभामुख सापकोटाले प्रष्ट पारेका छन् । अहिले केही अन्योलता देखिएपनि निराश हुन पर्ने स्थिति नरहेको उनले बताए । ७० वर्ष लडेर ल्याएको लोकतन्त्रमाथि प्रश्न उठिरहेको उल्लेख गर्दै यसको रक्षाका लागि अझै एक सय वर्ष लडन तयार हुनुपर्ने पनि सभामुख सापकोटाले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);