मलाई डबल स्ट्याण्ड मन पर्दैन, पत्रकारसँग सहयात्रा गर्न तयार छु : सभामुख | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मलाई डबल स्ट्याण्ड मन पर्दैन, पत्रकारसँग सहयात्रा गर्न तयार छु : सभामुख

agani sapkota

काठमाडौं, १६ माघ । सभामुख अग्नि प्रसाद सापकोटाले सदनलाई कसरी जीवन्त बनाउने भन्ने विषयमा आफ्नो ध्यान केन्द्रीत भएको बताउनुभएको छ ।

बिहीबार संसदीय मामिलामा रिपोर्टीङ गर्ने पत्रकारहरुसँग कुरा गर्दै सभामुख सापकोटाले सदनमा जीवन्त छलफलको वातावरण निर्माण गर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो ‘यसलाई कसरी जीवन्त बनाउने जीवन्त छलफल भयो भने छलफलको राम्रो वातावरण बनाउन सकियो भने यसले सबैलाई राम्रो गर्छ । यसले सांसदहरुको योज्ञता, क्षमतामा पनि अभिवृद्धि गर्छ त्यहाँ स्तरिय छलफल भयो भने स्तरिय रिपोर्टीङ गर्नुप-यो त्यसका लागि अलि मेहनत गर्नुप-यो यसले पत्रकारहरुको पनि स्तर माथि उठाउँछ ।’

त्यस्तै सभामुख सापकोटाले आफु डबल स्ट्याण्ड नहुने र पत्रकारहरुसँग सहयात्रा गर्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘मलाई कुनै कुरा मन नपर्ने के छ भनेर तपाईहरुले सोध्नुभयो भने म सेकेन्ड पनि ढिलो नगरी के भन्छु भने मलाई मन नपर्ने कुरा डबल स्ट्याण्ड हो ।’

उहाँले आफुले सम्झौता गरेपनि सम्झौतावादी नहुने प्रस्ट समेत पार्नुभयो । उहाँले भन्नुभयो ‘सम्झौता त हुन्छ तर सम्झौतावादी चाहिँ हुनु हुँदैन मलाई त्यो लाग्छ मेरो कुरा के छ भने सम्झौता त पाइला पाइलामा हुन्छ क्षण क्षणमा हुन्छ तपाईहरुले पनि गर्नुपर्छ मैलेनी गर्नुपर्छ तर सम्झौतावादी चाहिँ हुनु हुँदैन् ।’

लवी रिपोर्टीङको व्यवस्था
सभामुख सापकोटाले गुणस्तरीय रिपोर्टिङका लागि लवी रिपोर्टीङको व्यवस्था गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । उहाँले प्रतिनिधिसभामा लवी रिपोर्टीङ गर्ने व्यवस्था मिलाउने प्रतिवद्धता जनाउनुभएको हो ।

यो व्यवस्था भएपछि पत्रकारहरुले संसद चलेको अवस्थामा सांसदहरु बसेको स्थानमा बसेर रिपोर्टीङ गर्न सक्नेछन् । लवी रिपोर्टीङ भनेकै संसद बैठक चलिरहँदा पनि सांसदहरु बसेको स्थानमै बसेर गरिने रिपोर्टीङ हो ।

यो व्यवस्था अहिलेसम्म नेपालमा थिएन् । सभामुखको प्रतिवद्धता अनुसार व्यवस्था लागु भएमा संसदीय मामिला सम्बन्धि रिपोर्टीङ गर्ने पत्रकारहरुका लागि सूचना संकलनमा अझ सहजता आउने विश्वास गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);