दिवंगत नेता जोशीको सम्मानमा कांग्रेसले पार्टीको झण्डा आधा झुकाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

दिवंगत नेता जोशीको सम्मानमा कांग्रेसले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं, १४ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दिवंगत नेता नवीन्द्रराज जोशीको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

पार्टी मुख्यालय सानेपामा शनिबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै चैत १५, १६ र १७ गते देशभरका पार्टी कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

तीन दिन शोकसभा बाहेक पार्टीले अन्य कार्यक्रम पनि नगर्ने भएको छ । यस्तै, १३ दिनसम्म सबै पार्टी कार्यालयमा पुस्तिका राख्ने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले शोक प्रस्ताव पनि पारित गरेको छ । जोशीप्रति एक मिनेट मौनधारण गरि बैठक सकिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);