राष्ट्रपति र प्रधानमन्त्रीसहित ११०९ जना 'संविधानसभा पदक'बाट विभूषित हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राष्ट्रपति र प्रधानमन्त्रीसहित ११०९ जना ‘संविधानसभा पदक’बाट विभूषित हुँदै

bidhya -oli

काठमाडौं, १६ जेठ । संविधान निर्माणमा योगदान गरेको भन्दै संविधानसभाका दुवै कार्यकालका ११ सय ९ जना सभासदलाई सरकारले बिहीबार ‘संविधानसभा पदक’ बाट विभूषित गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शीतल निवासमा आयोजना हुने कार्यक्रममा विभूषण प्रदान गर्ने कार्यक्रम छ ।

नेपाली सेनाले तयार पारेको पदकमा संघीय समावेशी संविधान, ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तह अंकित रहेको गृह मन्त्रालय स्रोतले जनाएको छ । सरकारले सम्मानित गर्ने व्यक्तिहरूको सूचीको पहिलो र दोस्रो नम्बरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको नाम छ । सरकारले भण्डारी र ओलीसँगै आफैंले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका तीन नेतालाई समेत सम्मानित गर्ने भएको छ ।  यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

अघिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);