आज दिल्ली जादै ओली | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

आज दिल्ली जादै ओली

oli-modi

काठमाडौं, १६ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन दिल्ली आएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षीसँग शिष्टाचार भेटवार्ता गर्ने भएका छन् ।

शपथग्रहणको भोलिपल्ट अर्थात् शुक्रबार हैदरावाद हाउसमा मोदी र ओलीबीच भेट हुने भएको हो । स्रोतका अनुसार उक्त भेटवार्ता बिहानको नास्ता खाने गरी करिब आधा घण्टाको हुनेछ ।

अत्यन्त छोटो समय भएकाले द्विपक्षीय भेटमा कुनै मुद्दा विशेषमा भन्दा पनि द्विपक्षीय हित र सम्बन्धमा सामान्य छलफल हुने स्रोतले जनाएको छ । ‘भारतीय प्रधानमन्त्रीलाई औपचारिक बधाई दिने र दुई मुलुकबीचको सम्बन्ध र दुईपक्षीय विषयमा सामान्य छलफल हुने सम्भावना छ,’ स्रोतले भन्यो ।  यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);