काठमाडौं, १६ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन दिल्ली आएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षीसँग शिष्टाचार भेटवार्ता गर्ने भएका छन् ।
शपथग्रहणको भोलिपल्ट अर्थात् शुक्रबार हैदरावाद हाउसमा मोदी र ओलीबीच भेट हुने भएको हो । स्रोतका अनुसार उक्त भेटवार्ता बिहानको नास्ता खाने गरी करिब आधा घण्टाको हुनेछ ।




