नेकपाको सचिवालय बैठक आज ३ बजे बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेकपाको सचिवालय बैठक आज ३ बजे बस्दै

nekapa-sachiwalaya

काठमाडौं, ७ असार । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ । अपरान्ह ३ बजेपछि प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने बैठकमा पार्टीको सांगठनिक एकता प्रक्रिया, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भए पनि जिल्ला एकीकरणको काम बाँकी छ । जिल्ला संयोजक र सहसंयोजक छनोट भए पनि इञ्चार्ज तथा सहइञ्चार्ज तोक्न सकेको छैन ।

नेकपाका विभिन्न गुटका नेताले यसमा आ–आफ्ना अडान राखेकाले यसलाई टुंग्याउन सकस परेको बताइएको छ । पछिल्लो समय नेकपा नेतृत्वको सरकार संसद्मा पेश गरेको विधेयक तथा कार्यशैलीका कारण आलोचित बनिरहेको छ ।

बैठकमा सरकारको काम–कारवाहीलगायत समसामयिक विषयमा पनि छलफल हुने अनुमान गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);