नेकपाले आज पनि जिल्ला कमिटीका इन्चार्ज र सह-इन्चार्ज तोक्न सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेकपाले आज पनि जिल्ला कमिटीका इन्चार्ज र सह-इन्चार्ज तोक्न सकेन

नेकपा

काठमाडौं, २२ जेठ । नेताहरुबीच मत बाँझिएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले बुधबार पनि पार्टी जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्ज तोक्न सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा नेताहरुबीच मत बाँझिएपछि जिल्ला कमिटीको इन्जार्च र सहइन्चार्ज तोक्ने काम टुंगोमा पुग्न नसकेको हो ।

के गर्दा बढि उपयुक्त हुन्छ ? भन्ने विषयमा गम्भिरतापूर्वक छलफल गरिएको र त्यसलाई टुंगो लगाउन भोली विहान नौं बजे पुन बैठक बस्ने सहमति गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको समय अभावका कारण पनि बैठकमा सो विषयमा विस्तृत छलफल गर्न नसकेको पनि उहाँले स्पष्ट पार्नु भयो । ‘छलफल सकारात्मक भएको छ’, प्रवक्ता श्रेष्ठको भनाई थियो, ‘भोली बस्ने सचिवालय बैठकले जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्ज टुंगो लगाउने छ ।’

नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा तयार पार्नु भएको पार्टी जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्जको लिष्टमा वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाउनु भएको छ ।

सांसद र मन्त्री भएकाहरुलाई पार्टी जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्ज दिन नहुने अडान वरिष्ठ नेता नेपालले लिएपछि सो सम्बन्धि निर्णय लिन ढिलाई हुन गएको हो । मंगलबार नै सचिवालयको बैठकमा सो विषय प्रवेश गराइएको थियो । पार्टी प्रवक्ता श्रेष्ठले भोली बस्ने बैठकमा सो विषयको टुंगो लगाउने र कार्य विभाजनका अरु थप विषयमा पनि छलफल हुने बताउनु भयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);