प्रदेश र केन्द्रिय सदस्यको कार्य विभाजन गर्न नेकपामा कार्य दल गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रदेश र केन्द्रिय सदस्यको कार्य विभाजन गर्न नेकपामा कार्य दल गठन

काठमाडौं, ८ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीका सदस्य चयन र केन्द्रिय सदस्यहरुको कार्य विभाजन गर्न दुई सदस्यीय कार्य दल गठन गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीे सचिवालय बैठकले प्रदेश कमिटीको सदस्य चयन र केन्द्रिय सदस्यहरुको कार्य विभाजन गर्न महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा रहेको दुई सदस्यीय कार्य दल गठन गरेको हो ।

निश्चित मापदण्डका आधारमा प्रदेश कमिटीको सदस्य चयन र केन्द्रिय सदस्यको कार्य विभाजनका लागि प्रस्ताव तयार पार्ने जिम्मेवारी कार्यदललाई दिइएको महासचिव पौडेलले जानकारी दिए । यस अघि नै सचिवालय बैठकले प्रदेश कमिटीको पदाधिकारी चयन गरिसकेको छ ।

प्रदेश कमिटीको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयनसम्बन्धि सचिवालयको निर्णयमा वरिष्ठ नेता माधवकुमार नेपालले लिखित असहमति जनाएपछि सचिवालय बैठकले प्रदेश कमिटीको सदस्य चयनका लागि प्रस्ताव तयार पार्न कार्य दल नै गठन गरेको हो । कार्यदलले पेश गरेको प्रस्ताव सचिवालय बैठकमा छलफल भएपछि त्यसलाई स्थायी समिति बैठकले अनुमोदन गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);