नेकपाले पार्टीको केन्द्रिय समितिलाई पूर्णता दियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेकपाले पार्टीको केन्द्रिय समितिलाई पूर्णता दियो

nekapa

४ सय ४१ सदस्यीय केन्द्रिय समिति गठन –

काठमाडौं, ७ जेठ । नवगठित नेपाल कम्युनिष्ट पार्टीले पार्टीको केन्दिय समितिलाई पूर्णता दिएको छ । सोमबार बसेको पार्टी सचिवालयको पहिलो बैठकले ४ सय ४१ सदस्यीय केन्द्रिय समितिलाई पूर्णता दिएको हो । प्रधानमन्त्री निवास बालुवाटामा बसेको बैठकले केन्द्रिय कार्यालयको टुंगो लगाउने जिम्मेवारी पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई दिने निर्णय पनि गरेको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रको दुई ठाउँमा रहेको कार्यालय एकै ठाउँमा ल्याई संचालनका लागि आवश्यक निर्णय लिने जिम्मेवारी पार्टीका दुवै अध्यक्षलाई दिने निर्णय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । अध्यक्षद्धय ओली र दाहालले दुवै पार्टी कार्यालयको अवलोकन गरी सकेका छन् ।

बैठकले महासचिव विष्णु पौडेलको नेतृत्वमा नियमावली मस्यौदा कार्यदल पनि गठन गरेको छ । पार्टी संचालनका लागि विधानसँग परिपुरक हुनेगरी नियमावली बनाउन महासचिव पौडेल नेतृत्वको कार्यदल गठन गर्नु परेको पनि प्रवक्ता श्रेष्ठले बताए ।

कार्यदलमा नेताहरु देवप्रसाद गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा सदस्य छन् । कार्य दललाई पार्टी संचालन नियमावली बनाउन १५ दिन समयावधि पनि तोकिएको छ । बैठकले पार्टी एकीकरणका लागि आवश्यक सुझाव दिन सबै प्रदेश, प्रवास र जनवर्गीय संगठनहरुमा पनि चार/चार सदस्यीय कार्य दल गठन गरेको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रका प्रदेश र प्रवास तथा जनवर्गीय संगठनका इन्चार्ज र संयोजक कार्य दलमा रहने प्रवक्ता श्रेष्ठले जानकारी दिए । कार्य दललाई १५ दिन भित्र आफ्नो सुझाव सचिवालयमा पेश गर्ने कार्यादेश दिइएको छ ।

तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच गत जेठ ३ गते पार्टी एकता भएपछि बसेको सचिवालयको पहिलो बैठकले त्यसको संगठन र पार्टी केन्द्रिय कार्यालय व्यवस्थापनको कामलाई अघि बढाएको हो । बैठकमा प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रमबारे पनि बिफ्रिङ गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);