नेकपाको केन्द्रिय सचिवालय बैठक अपरान्ह पाँच बजेसम्मका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

नेकपाको केन्द्रिय सचिवालय बैठक अपरान्ह पाँच बजेसम्मका लागि स्थगित

काठमाडौं, २६ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बालुवाटारमा बसेको पार्टी केन्द्रिय सचिबालय बैठक अपरान्ह पाँच बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टीको नियमावली परिमार्जनका लागि गठित कार्य दलले तयार पारेको प्रतिवेदनमाथि प्रारम्भिक छलफल गरेपछि अपरान्ह पाँच बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

नियमावलीलाई टुंगोमा पु-याउन अपरान्ह पाँच बजे पुनः बैठक बस्ने निर्णय गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले भोली बिहानसम्म नियमावलीलाई टुंगो लगाई सक्ने र पार्टी जनवर्गीय संगठनहरुको एकीकरण प्रक्रियालाई तीव्रता दिने निर्णय पनि गरेको छ ।

गत शनिबार बसेको पार्टी सचिबालय बैठकले नेताद्धय बामदेव गौतम र रामबहादुर थापा तथा महासचिव विष्णु पौडेल रहेको कार्य दल गठन गरि तीन दिन भित्र नियमावली परिमार्जनका लागि आवश्यक सुझाव तयार पार्ने कार्यादेश दिएको थियो । अपरान्ह बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे पनि छलफल हुने पार्टीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);