बिहीबार नेकपाको स्थायी समिति बैठक बस्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

बिहीबार नेकपाको स्थायी समिति बैठक बस्ने

नेकपा सचिवालयको बैठक

काठमााडौं, २० असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बिहिबार पार्टी स्थायी समिति बैठक आह्वान गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले भोलि (बिहिबार) अपरान्ह ३ बजे पार्टी स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो ।

मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण लगायत सरकारको कामको समिक्षा र पार्टीको सांगठनिक एकीकरण प्रक्रियाका लागि आवश्यक नियमावलीलाई अन्तिम रुप दिन स्थायी समिति बैठक बोलाउने निर्णय गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा प्रतिस्थापन विधेयकलाई कसरी अघि बढाउने भन्ने विषयमा पनि छलफल हुनेछ । सरकारले संसदमा टेवल गराएको राष्ट्रिय चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक अघि बढाउन नदिने प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले चेतावनी दिईरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी स्थायी समिति बैठक बोलाएको हो ।

बैठकमा पार्टीको सांगठनिक एकीकरण प्रक्रियालाई अघि बढाउन आवश्यक सांगठनिक नियमावलीलाई पनि अन्तिम रुप दिने एजेन्डा तय गरिएको प्रवक्ता श्रेष्ठले स्पष्ट पारे । बैठकमा प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहालले सरकार, पार्टी र मुलुकको पछिल्लो परिस्थितिबारे बिफ्रिङ गर्नेछन् ।

सरकारको नीति तथा कार्यक्रम र बजेटबारे पार्टी भित्रैबाट आलोचना भइरहेका बेला बस्न लागेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठकलाई रुचिका साथ हेरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);