'विद्यालय तहमा जीवन उपयोगी शिक्षा' | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

‘विद्यालय तहमा जीवन उपयोगी शिक्षा’

Girirajmani Pokhrel

काठमाडौं, २० असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय तहमा जीवन उपयोगी शिक्षालाई जोड दिइएको बताए ।

मन्त्री पोखरेलले कक्षा १० सम्मको पाठयक्रममा गणित विषय अनिवार्य विषयकै रुपमा रहेको बताए । उनले कक्षा ११ र १२ मा भने गणित विषयलाई ऐच्छिक विषय बनाउने प्रस्ताव अघि सारिएको उनले स्पष्ट पारे ।

विश्वविद्यालय तहको पठनपाठनको आधार तय गर्न कक्षा ११ र १२ को पाठ्यक्रममा गणित विषयलाई ऐच्छिक विषय बनाउन प्रस्ताव गरिएको मन्त्री पोखरेलको तर्क छ ।

मन्त्री पोखरेलले प्राकृतिक चिकित्सा शिक्षा पद्धतिलाई विद्यालय तहको पाठ्यक्रममा समावेश गर्ने प्रतिवद्धता व्यक्त गरे । बुधबार राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले योग र आयुर्वेदलाई पनि जोडेर सरकारले राष्ट्रिय चिकित्सा पद्धतिको विकास गर्न चाहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);