संघीय संरचना अनुसार नयाँ पाठ्यक्रमको प्रारुप पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौं, १८ जेठ । शिक्षा मन्त्रालयले नेपालको संविधान, संघीय संरचना र समृद्ध नेपालको परिकल्पना अनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप पारित गरेको छ।

आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याकंन परिषद्ले उक्त नयाँ प्रारुप पारित गरेको जानकारी दिएको हो ।

शिक्षामन्त्री गिरीराजमणी पोखरेलले नयाँ व्यवस्थाले कक्षा ११ र १२ लाई एकल पथीय बनाएको बताउँदै कक्षा ९ र १० मा पाँच अनिवार्य र दुई वटा पेशा व्यावसायिक ऐच्छिक विषय रहने जानकारी दिए ।

उनले कक्षा ११ र १२ मा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा गरी चार विषय अनिवार्य गरिने बताए । उक्त तहमा कूल ९ सय ६० वार्षिक कार्य घण्टा हुनेछ । प्रारुपले एक क्रेडिट आवरमा ३२ घण्टा मानेको छ ।

शिक्षा मन्त्रालयले विक्रम सम्बत २०६३ मा लागू गरेको यो प्रारुप यसअघि २०७१ मा परिवर्तन भएको थियो । हाल विद्यालय तह भन्नाले शिशु कक्षादेखि कक्षा १२ सम्म मानिन्छ ।

त्यस्तै मन्त्रालयका अनुसार विद्यार्थी भर्ना अभियान र पाठ्यपुस्तक कार्यक्रमबाट कक्षा १ देखि ५ कक्षा उमेर समूहका ८८ हजार २ सय ७ मध्ये ७६ हजार ६ सय ७५ बालबालिका भर्ना भएको जनाएको छ । मन्त्रालयले छुटेका विद्यार्थीलाई विद्यालय ल्याउन दोस्रो चरणको भर्ना अभियानको तयारी गरेको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);