कृष्ण पहाडीसहित २५ जना मानव अधिकारकर्मी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

कृष्ण पहाडीसहित २५ जना मानव अधिकारकर्मी पक्राउ

काठमाडौं, २६ असार । प्रहरीले मानव अधिकारकर्मी कृष्ण पहाडीसहित २५ जनालाई गिरफ्तार गरेको छ । सिंहदरबारको दक्षिण गेटमा धर्ना दिने क्रममा पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

पहाडीसहित मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष डा. गंगाधर पराजुली, होमाकान्त चौलागाईं, कृष्ण कँडेल, रेणुका पौडेललगायत पक्राउ परेका हुन् । गंगामाया अधिकारी र डा. गोविन्द केसीको माग पूरा हुनुपर्ने, स्वतन्त्रताविरोधी सरकारका निर्णय तत्काल फिर्ता हुनुपर्नेलगायतका माग राखेर उनीहरू धर्ना बसेका थिए ।

पक्राउ पर्नुअघि अधिकारकर्मी कृष्ण पहाडीले सरकार स्वेच्छाचारी बन्दै गएपछि यसलाई रोक्न विरोध प्रर्दशनमा उत्रनु परेको बताए ।  मानव अधिकारकर्मीहरुले वरिष्ठ चिकित्सक गोविन्द केसी र गंगामाया अधिकारीको जीवन रक्षा गर्नसरकारको पटक–पटक ध्यानाकर्षण गराउँदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);