कार्यविधि तय गर्न संसदीय सुनुवाई समितिको उपसमिति गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

कार्यविधि तय गर्न संसदीय सुनुवाई समितिको उपसमिति गठन

sunuwai samiti

काठमाडौं, २६ असार । संसदीय सुनुवाई विशेष समितिले कार्यविधि तय गर्न तीन सदस्यीय उपसमिति गठन गरेको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई विशेष समितिको पहिलो बैठकले कार्य विधि तय गर्नका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का योगेश भट्टराई र शिवकुमार मण्डल केवट तथा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी पुष्पा भुसाल सदस्य रहनुभएको ३ सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमितिलाई बुधबारसम्म कार्यविधि तय गर्ने कार्यादेश दिइएको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए । संवैधानिक परिषदले समितिको सचिवालयमा प्रधानन्यायाधिश नियुक्त प्रक्रिया अघि बढाउन पत्राचार गरिसकेको छ । सोही पत्राचारलाई समेत ध्यानमा राखेर समितिको कार्यविधि तय गर्न उपसमिति गठन गरिएको जेष्ठ सदस्य कर्णले बताए ।

समितिले सभापति चयन प्रक्रियामा ढिलाई नगर्ने पनि स्पष्ट पारेको छ । नियमावलीमा गरिएको व्यवस्था अनसार सभापति चयन प्रक्रियालाई पनि तत्काल अघि बढाउने कार्यसूचि तय गरिएको जेष्ठ सदस्य कर्णले बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);