प्रत्यायोजित व्यवस्थापन समितिद्वारा कार्ययोजना तय गर्न उपसमिति गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

प्रत्यायोजित व्यवस्थापन समितिद्वारा कार्ययोजना तय गर्न उपसमिति गठन

aswasan samiti

काठमाडौं, १६ असोज । राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आफ्नो एक वर्षे कार्ययोजना तय गर्न उपसमिति गठन गरेको छ । समितिको मंगलबार बसेको बैठकले समितिको अवधारणासहितको एक वर्षे कार्य योजना तय गर्न सभापति रामनारायण बिडारीको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको हो ।

प्रत्यायोजित व्यवस्थापनसम्बन्धि कार्य, सरकारी आश्वासनसम्बन्धि कार्य र राष्ट्रिय महत्वको दस्तावेज अखिलेख व्यवस्थापनसम्बन्धि समितिको मूल कार्यलाई समेटेर एक वर्षे कार्ययोजना तय गर्न आफू संयोजक रहेको उपसमिति गठन गरिएको सभापति बिडारीले जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरुले राष्ट्रिय महत्वको दस्तावेज अभिलेख गर्नका लागि पुस्तकालयको व्यवस्था गर्न विज्ञहरुसँग आवश्यक परामर्श गर्नुपर्ने आवश्यक्ता पनि औंल्याएका थिए ।

उपसमितिमा राधेश्याम अधिकारी, सुमन प्याकुरेल, बलराम बास्कोटा र विना पोखरेल सदस्य रहनु भएको छ । उपसमितिलाई अर्को बैठकमा सो कार्ययोजना पेश गर्ने कार्यादेश पनि दिइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);