सबै प्रदेशमा प्रशासकीय अदालत स्थापना गर्ने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सबै प्रदेशमा प्रशासकीय अदालत स्थापना गर्ने सरकारको तयारी

Bhanu-bhakta-Dhakal

काठमाडौं, १६ असोज । सरकारले सबै प्रदेशमा प्रशासकीय अदालत स्थापना गर्ने भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सरकारले सबै प्रदेशमा प्रशासकीय अदालत विस्तार गर्न लागेको जानकारी दिए ।

प्रशासकीय अदालत दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले न्यायमा सबैको पहुँच पु-याउन सरकारले सबै प्रदेशमा प्रशासकीय अदालत स्थापना गर्नेगरी प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गरेको बताए ।

मन्त्री ढकालले सर्वोच्च अदालतमा कर्मचारी सुरुवा, बढुवा सम्बन्धि मुद्दाको चाँप घटाउन पनि सरकारले सबै प्रदेशमा प्रशासकीय अदालत स्थापना गर्ने योजना अघि सार्नु परेको बताए । उनले न्याय सेवालाई प्रभावकारी बनाउन सरकारले सक्दो पहल गरिरहेको दावी गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);