२९५ किलो गाँजासहित टयांकर चालक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

२९५ किलो गाँजासहित टयांकर चालक पक्राउ

gaja sahit pakrau

काठमाडौं, १६ असोज । मकवानपुरमा ठूलो परिमाणमा लागू औंषध गाँजासहित १ जना पक्राउ परेका छन । २ सय ९५ किलो लागू औषध गाँजासहित मकवानपुरको रमनटारस्थित लोकमार्गमा बारा अमलेखगंजका ३८ वर्षीय प्रल्हाद ठकुरी पक्राउ परेका हुन ।

ना ४ ख ३९६९ नम्बरको इन्धन बोक्ने टयांकर चेकजाँच गर्ने क्रममा सो परिमाणको लागू औंषध गाँजासहित टयांकर चालक ठकुरीलाई पक्राउ गरिएको लागू औंषध नियन्त्रण व्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी उनले बरामद गरिएको लागू औंषध गाँजा चितवन तथा मकवानपुर जिल्लाका विभिन्न स्थानहरुमा उत्पादन भई भारततर्फ ओसारपसार हुन लागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको पनि बताए ।

बरामद गरिएको सो लागू औंषध गाँजाको बजार मूल्य ४५ लाख बराबर पर्ने प्रहरीको भनाई छ । यसबारे जिल्ला प्रहरी कार्यालय मकवानपुरले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);