प्रशासकीय अदालतको क्षेत्राधिकार विस्तार गर्न जरुरी : प्रधानन्यायाधीश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रशासकीय अदालतको क्षेत्राधिकार विस्तार गर्न जरुरी : प्रधानन्यायाधीश

om prakash mishra

काठमाडौं, १६ असोज । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले प्रशासकीय अदालतको क्षेत्राधिकार विस्तार गर्न जरुरी रहेको बताएका छन् । प्रधानन्यायाधीश मिश्रले प्रशासनिक न्यायको कामलाई प्रभावकारी बनाउन पनि प्रशासकीय अदालतको क्षेत्राधिकार विस्तार गर्नुको विकल्प नरहेको उल्लेख गरे ।

मंगलबार प्रशासकीय अदालत दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले सर्वोच्च अदालतको समेत सुझावलाई ध्यानमा राखेर प्रशासकीय अदालतको क्षेत्राधिकार विस्तार गर्ने प्रावधानसहित ल्याएको विधेयकले न्याय सेवालाई झनै प्रभावकारी बनाउने विश्वास पनि व्यक्त गरे ।

प्रधानन्यायाधीश मिश्रले न्याय सम्पादनको कामलाई प्रभावकारी बनाउन सबै अदालत प्रतिवद्ध भएर लागि परेको दावी गरे । कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सरकारले सबै प्रदेशमा प्रशासकीय अदालत स्थापना गर्ने उल्लेख गरे ।

उनले न्यायमा सबैको पहुँच पु-याउन सरकारले सबै प्रदेशमा प्रशासकीय अदालत स्थापना गर्नेगरी प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गरेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);