गान्धिवादी विचारबाटै नेपालमा ठूलाठूला परिवर्तन सम्भव : देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

गान्धिवादी विचारबाटै नेपालमा ठूलाठूला परिवर्तन सम्भव : देउवा

deuba

काठमाडौं, १६ असोज । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गान्धिवादी विचारबाटै नेपालमा ठूल्ठूला राजनीतिक परिवर्तन सम्भव भएको दावी गर्नु भएको छ ।

१ सय ५० औं गान्धि जयन्ति तथा अहिंसा दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न पनि गान्धिको अहिंसावादी आन्दोलनले बाटो देखाएको बताए ।

उनले अहिंसावादी गान्धिको दर्शन शान्ति स्थापनाका लागि विश्वमै अनुकरणीय रहेको स्मरण गरे । सभापति देउवाले अंग्रेजजस्तो शक्तिशाली शासकलाई परास्त गरेर गान्धिले अहिंसावादी आन्दोलनको माध्यामबाट मात्रै दिगो शान्ति सम्भव रहेको दृष्टान्त पेश गरे । काँग्रेस सभापति देउवाले गान्धिको अहिंसावादी आन्दोलनले शान्ति स्थापनाका लागि विश्वमै बाटो देखाएको बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);