उदयहाङ फागोको जीवन रक्षाका लागि मानव अधिकारवादीको पहल सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौँ, भदौ २ । भारतीय प्रहरीद्वारा पक्राउ गरिएका सूर्याेदय नगरपालिका–१०, इलामका २७ वर्षीय उदयहाङ फागोको जीवन रक्षाका लागि मानव अधिकारवादी संघ–संस्था र झापा प्रशासनले पहल सुरु गरेका छन् ।

गोर्खाल्यान्ड आन्दोलनलाई सहयोग पु¥याएको आरोपमा भारतको सिलिगुढीमा पक्राउ परेका फागोलाई छुटाउन मानव अधिकारकर्मी र झापा प्रशासनले पहल थालेको हो । बिनाकारण नेपाली युवक उदयहाङ फागोलाई पक्राउ गरी दार्जिलिङ प्रहरीले हिरासतमा राखेको भन्दै राष्ट्रिय मानव अधिकार परिषद्, नेपाल प्रहरीका प्रतिनिधि र फागोका परिवार तथा आफन्त सिलिगुढी पुगेका छन् । सिलिगुढीस्थित अदालतका कानुनी सल्लाहकार, न्यायाधीश, प्रहरी कार्यालयका प्रमुखलगायत सम्बन्धित निकायका प्रमुखसँग भेट गरी फागो निर्दोष रहेकाले रिहाइका लागि आग्रह गरेका छन् ।

साउन १४ गते दार्जिलिङको सुकुनामा भएको खुकुरी जुलुसमा गोर्खाल्यान्डको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारीलाई सघाएको आरोपमा भारतीय प्रहरीले साउन २३ उदयहाङलाई सिलिगुढीबाट पक्राउ गरेको छ । तर, खुकुरी जुलुस हुँदा उदय नेपालमै रहेको र आमाको उपचारका लागि सिलिगुढी गएका बेला भारतीय प्रहरीले गोर्खाल्यान्ड समर्थकसँग ‘अनुहार मिलेको’ भन्दै पक्राउ गरेको उदयहाङकी दिदी साधनाले बताउनुभयो । उदयलाई साउन २६ देखि अदालतबाट म्याद थप गरी भारतीय प्रहरीले हिरासतमा राखेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);